चिसो बढेपछि कृष्णपुरका विद्यालय ४ दिन बन्द गरिने

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय ४ दिन बन्द गरिने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पौष २६ देखि २९ सम्म विदा दिने जनाएको हो ।

maya metro hospital
raunak fals and silling

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक शत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो विदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

joshi vada pasal 2

सूचनामा विदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त कृयाकलाप संचालन गर्न सकिने उल्लेख छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.