बैतडीको एक होटलमा आगलागी

बैतडी – बैतडीको एक होटेलमा आगलागी भएको छ । जिल्लाको पाटन नगरपालिका ४ थुमस्थित प्रकाश भट्टले सञ्चालन गरेको होटेलमा आइतबार राति ९ बजेतिर विद्युतको तार सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

maya metro hospital
raunak fals and silling

जस्तापाताले छाएको कच्ची होटेलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट होटेलमा रहेका सबै फर्निचर र अन्य सामग्री जलेर नष्ट भएका छन् ।

joshi vada pasal 2

यस्तै होटेलकै एक कोठामा किराना पसल पनि सञ्चालन गरेको र पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.