टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहन्छौं : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के ग¥यो भन्ने विषयमा सबैले देखेको बताइन् ।

maya metro hospital

’टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मा¥यो देख्ने आँखाहरू हजारौं छन्,’ उनले भनिन्, ’टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।’

joshi vada pasal 2
raunak fals and silling

सो घटनामा मारिएका सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले भनिन्, ’यो घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनु पर्छ । तर न्याय दिने तरिका के हो ? चरम ज्यादती र अन्याय गर्न पाइन्छ ? ’ उनी सो घटनामा मारिएका बालक टेकबहादुर साउदको परिवारसँग पनि सम्पर्कमा रहेको बताइन् ।

कानुन निर्माण गर्ने थलो संसदमा आफू न्याय माग्न आएको भन्दै श्रेष्ठले टीकापुर घटनामा बढी क्षति थारु समुदायलाई भएको तर्क गरिन् । उनले रेशम चौधरीसहितका निर्दोष थारुहरुलाई थुनिएको भन्दै आपत्ति जनाएकी थिइन् । ’रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरुमाथि झुठा मुद्दा लगाइयो,’ श्रेष्ठले भनिन् । उनले चौधरी सो घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवदेनले देखाउने पनि बताएकी थिइन् ।

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् । सबै राजनीतिक दलका नेताहरुले चौधरी निर्दोष भएको बताए पनि जेलमा राखिएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘सबैले निर्दोष भन्दा रेशम चौधरी र अन्य थारुहरूलाई किन जेलमै राखिरहने ?’ श्रेष्ठले भनिन्, ‘म संसदबाट नै न्याय माग्छु र न्याय पाउने अपेक्षा पनि गरेको छु ।’

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.