धनगढी – देशभरिबाटै छनौटमा पर्दै पुरस्कृत नाटकलाई एसपीएका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लबका विद्यार्थीहरुले ५० हजार अनुदानसहित पुरस्कृत ‘पिपासु’ नाटकलाई धनगढीको व्यस्त स्थान चौराहा र गोदावरी नगरपालिकाको अत्तरियामा प्रदर्शन गरेका हुन् ।
कथा घेरा नेपालले देशभरिबाट आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा सुदूरपश्चिमबाट एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब नाटक प्रदर्शनीका लागि छनौटमा परेको थियो ।
काठमाडौंमा रहेको कथा घरले देशभरि महिलाका क्षेत्रमा छोटा सडक नाटकहरु बनाएर अनुदानका लागि खुला आह्वान गरेको थियो । जसमा एसपीएको ‘पिपासु’ नाटक अनुदानका लागि छनौटमा परेको हो ।
एसपीएमा अध्ययनरत छात्रा आयुष्मा जोशीको लेखन तथा निर्देशक रहेको नाटकले महिला हिंसा र बलात्कारविरुद्ध सन्देश दिन खोजिएको छ ।
‘हामीले महिला हिंसा र बलात्कारविरुद्ध जनचेतना फैलाउने उदेश्यले यहाँका व्यस्त चोकहरुमा यो नाटक प्रदर्शन गरेका हौं,’ आयुष्माले भनिन्, ‘राम्रो संख्यामा दर्शकहरुको उपस्थितिले हाम्रो हौसला अझै बढेको छ । हामीले दिन खोजेको सन्देश बढीभन्दा बढीसम्म पुगेको विश्वास लिएका छौं ।’
नाटक प्रदर्शनीलाई यथार्थ तुल्याउँने कथा घेरा नेपाल र एसपीए कलेजपरिवारप्रति उनले आभार व्यक्त गरिन् ।
उक्त नाटकमा कलेजका १५ बढी विद्यार्थीहरुले विभिन्न पात्रका रुपको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरुलाई रंगकर्मी पुष्पराज अवस्थीले प्रशिक्षित गरेका हुन् । योगमाया, बहुलाकाजीको सपना, सातुको कथा, लिलामे माइलो, सिलान्यास, जंगे पिल्लर, पत्थरको कथालगायत थुप्रै नाटकहरु तथा गरिसकेका अवस्थीले चिसो मान्छे, के घर के डेरा, जुलेबी, रुदानेलगायत चलचित्रमा पनि अभियन गरेका छन् ।
एसपीएले रंगमञ्च तथा कला क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि थियटर्स तथा आर्टस क्लब गठन गरेको छ । क्लबमा आवद्ध विद्यार्थीहरुलाई रंग क्षेत्रका विभिन्न व्यक्तित्वह ? ल्याएर प्रशिक्षित गराइन्छ । यसअघि पनि क्लबले धनगढीका अवसरमा ‘महिषासुर मर्दनी’ नाटकको मञ्चन गरिसकेका छन् ।