सुदूरपश्चिममा तेस्रो दलले सरकार नेतृत्व गर्ने !

अत्तरिया – सत्ता साझेदार दलहरूबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले र माओवादी आलोपालो सरकार बनाउने सहमति भएको छ । जसअनुसार पहिलो चरणमा एमालले सरकारको नेतृत्व गर्ने छ ।

maya metro hospital

एमाले सुदूरपश्चिम प्रदेश सरकारमा तेस्रो ठूलो दल हो । एमालेका ५३ मध्ये १० सांसद छन् । पहिलो दल रहेको कांग्रेसका १९ सांसद रहेका छन भने दोस्रो बनेको माओवादी केन्द्रका ११ सांसद रहेका छन ।

एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएसंगै उक्त पार्टीको संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका उम्मेदावर बन्ने छन ।

attariya hospital

केन्द्रमा भएको सहमतिअनुसार यहाँ माओवादी केन्द्रले दोस्रो चरणमा सरकारको नेतृत्व गर्नेछ । एमाले संसदीय दलको नेता रावल पहिला साढे दुई वर्ष मुख्यमन्त्री बन्ने र त्यसपछि माओवादी केन्द्रका खगराज भट्टलाई पालो दिने सहमति जुटेको छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनभित्र एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ ।

यद्दपी नागरिक उन्मुक्ति पार्टीले अझै पनि प्रदेश सरकारलाई समर्थन गर्ने नगर्ने टुङ्गो नलागेकाले यो समिकरण फेरवदल हुने सम्भावना पनि उतिकै छ । यस प्रदेशमा नागरिक उन्मुक्ति निर्णयक रहेको छ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.