भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ४ जना जनाको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ । उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए ।


मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । उनीहरु सबै टीकापुर र आसपासका बासिन्दा भएको बुझिएको छ । बसमा यात्रारत अन्य थुप्रै व्यक्तिहरु दुर्घटनामा परेर घाईते भएका छन । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

लखनउबाट ३० किलोमिटर नेपालतर्फ पुगेपछि बस दुर्घटनामा परेको हो । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।
* यसअघि शिर्षकमा ४ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
