सत्ता साझेदार दलहरुबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा सुदूरपश्चिममा आलोपालो गर्ने सहमति भएको छ ।

जसमा पहिलो नेतृत्व एमालले गर्ने छ भने दोस्रो पटकको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ । देशभरका चार वटा प्रदेशमा भने एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ ।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।
सुदूरपश्चिम बाहेक अन्य २ वटा प्रदेशमा पनि सत्ता गठबन्धन बीच आलोपालो हुनेछ । बाग्मती एमाले र माओवादीबीच आलापालो हुनेछ । त्यस्तै मदेशमा जनता समाजवादी र जनमत पार्टी बीच आलोपालो हुनेछ ।