गोदावरीमा रहेका ५ क्रसर उद्योगको अनुगमन, अधिकाशं मापदण्ड विपरित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र संचालनमा रहेका ५ वटा क्रसर उद्योगको अनुगमन गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी नेतृत्वको टोलीले गोदावरी नगरपालिका – ७ र ९ मा संचालित क्रसर उद्योगको अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकाशं मापदण्ड विपरित संचालनमा रहेको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।

maya metro hospital

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले वालुवा प्रशोधन गर्ने भनेर संचालन गरेको उद्योगमा क्रसर चलाएको, नविकरण नगरिएको, आयोजनाको नाममा क्रसर उद्योग संचालन गरेको पाइएको बताए । उनले कागजात नभेटिएका उद्योगहरुलाई सोमबार बिहान सबै कागजात सहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन भनिएको बताए । उनले क्रसर उद्योगमा भेटिएका कमि कमजोरी अनुसार प्रतिवेदन तयार गरिने बताए ।

गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर उद्योग बन्द गर्न प्रशासनलाई परिपत्र गरेको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरिरहेको जनाएको छ ।

attariya hospital

अनुगमनमा सहभागि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कोमल प्रसाद ओझले शनिबार देखि कैलालीमा संचालित क्रसर उद्योगको अनुगमन गरिरहेको बताए ।

उनले अनुगमनका क्रममा दार्ता बिना पनि क्रसर उद्योग संचालन गरेको पाइएको बताए । ‘पुरानो मापदण्ड अनुसार दर्ता भएका क्रसर उद्योग पनि अहिलेको मापदण्ड अनुसार पुरा नभएको पाइएको छ’ उनले भने ‘राजमार्ग किनारामा रहेका, वन नजिकै पनि उद्योग संचालन गरेको पाइएको छ ।’

कुन उद्योगमा कस्ता कमजोरी

अनुगमन गरिएका ५ उद्योग मध्ये ४ उद्योगमा अनुमगमन टोलिले कमजोरी भेटाएको थियो । गोदावरी नगरपालिका – ९ मुर्कट्टीमा रहेको बेहडा बाबा बालुवा प्रसोधन उद्योगले अनुमति विपरित काम गरेको पाइएको थियो । उक्त उद्योगले बालुवा प्रशोधन गर्ने अनुमति लिएको भएपनि गिट्टी पनि उत्पादन गरेको पाइएको थियो ।

२०७४ सालमा स्थापना भएको उक्त उद्योगले विगत ७ महिना देखि खड्का प्रोजेक्टको गिट्टी उत्पादन गरेको बताए पनि उक्त कार्यको लागि अनुमति भने लिएको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उक्त उद्योग आईई नभएको र नविकरण समेत नभएको पाइएको थियो ।

उद्योगका प्रतिनिधि रोहित रानाले पुरानो मापदण्ड अनुसार उद्योग दर्ता गरिएको भएपनि नयाँ बनाइएको मापदण्डमा उद्योग नपरेकाले नविकरण नभएको बताए । नयाँ मापदण्ड अनुसार सामुदायिक वन भन्दा ५ मिटर टाढा उद्योग हुनुपर्ने भएपनि सो नपाइएको अनुगमन टोलिले जनाएको छ ।

गोदावरी नगरपालिका ९ बल्मीमा रहेको हेमकुन्ड स्टोन क्रसर इण्डट्री प्रालिले पनि उद्योग अनुगमनका क्रममा कागजात उपलब्ध गराउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले उक्त उद्योग राजमार्ग संगै जोडिएकाले अहिलेको मापदण्ड अनुसार नभएको बताए ।

गोदावरी ७ हरैयामा रहेको वेस्टर्न क्रसर ईन्डस्ट्रीजमा पनि नविकरण गरेका कागजात नभेटिएको अनुगमन टोलिले जनाएको छ । उक्त उद्योग पनि राजमार्ग संगै जोडिएको छ भने हाइटेन्सल लाइनको मूनि स्थापना गरिएको छ ।  गोदावरी ७ हरैयामै रहेको श्रीपुर कंक्रित उद्योगमा भने अनुगमनका क्रममा कुनै त्रुटि नभेटिएको अनुगमन टोलिले जनाएको छ ।

आयोजनाकाे नाममा क्रसर

श्रीपुर उद्योग संगै जोडिएको श्रीपुर विल्डर्स प्रालिले संचालन गरेको क्रसर उद्योग भने कागजात बिनै संचालन गरिएको पाइएको छ । उक्त उद्योग आयोजनाका नाममा संचालित भएको भनिएपनि गिट्टी बिक्रि गरिरहेको अवस्थामा भेटिएको थियो ।

उक्त उद्योगलाई अनुगमन टोलिले सम्पुर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालय कैलालीमा आउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.