कैलालीमा अन्तर्घातका कारण पराजय बेहोरेको एमाले निष्कर्ष, बनायो छानबिन समिति

धनगढी –  नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो ।

maya metro hospital

जिल्ला सचिव डेजी पाण्डेका अनुसार चुनावमा पार्टीका उम्मेदवारका विरुद्धमा भएका गतिविधि र संलग्न नेता तथा कार्यकर्ताका बारेमा छानबिन गर्न कार्यदल बनाइएको छ । उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेश ओझा र वीरबहादुर साउद सदस्य छन् ।

lotus school

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न एमालेको जिल्ला कमिटीले २१ पुसदेखि बैठक राखेको थियो । अब कार्यदलले प्रतिवेदन दिएपछि जिल्ला कमिटीको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

attariya hospital

४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा एमालेले प्रत्यक्षतर्फ कुनै पनि ठाउँमा चुनाव जित्न सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.