सुप समावेशी विद्यालयका समस्या सामाधान गर्ने सासदद्धय बम र बिष्टको प्रतिवद्धता

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बम र खेमा देवी बिष्टले कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयमा भएका समस्या सामाधानका लागि सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

maya metro hospital

काव्य विद्यालय काठमाण्डौंले सुप समावेशी विद्यालयलाई सहयोग गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांदसद्धय बम र बिष्टले उक्त प्रतिवद्धता गरेका हुन् ।

प्रदेशसभा सदस्य बमले कार्यक्रममा सहभागि भएर विद्यालयका समस्याका बारेमा धेरै जानकारी पाएकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता गरे ।

attariya hospital

‘म यस विद्यालयका समस्या सामाधानका लागि जुट्ने छु । म प्रदेश सरकार संगै स्थानीय सरकारबाट पनि यस विद्यालयललाई सहयोग गर्नको लागि आह्वान गर्दछु’ उनले भने ‘कैलाली जिल्लाको सम्पूण संरचना बनाउको लागि मेरो सहभागित रहेको थियो । त्यसैले म यस क्षेत्रका सबै विषयका बारेमा जानकार छु भन्ने लाग्थ्यो । तर, निर्वाचित भएपनि बिभिन्न संघसस्थाहरुमा पुगे त्यहाँ मैले आफैले धेरै कुरा नबुझेको पाए । त्यस्तै समस्यामा रहेको यो विद्यालयका बारेमा पनि मैले आज मात्रै बुझे ।’

उनले अझै पनि समाजमा अपाङ्गता भएकाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए । ‘अपाङ्गता भनेको अभिसाप होइन् । यो प्रकृतिले दिएको उपहार नै हो’ उनले भने ‘हरेक व्यक्तिका फरक–फरक क्षमता हुन्छन् । हाम्रो अविकसित समाजमा अपाङ्गता भएका व्यक्तिलाई अपहेलना गर्ने परम्परा पनि छ । हामीले ति व्यक्ति प्रति अन्याय गरेका छौ भन्ने कुरा पनि बुझेका हुँदैनौ ।’

प्रदेशसभा सदस्य बिष्टले विद्यालयका समस्या थप बुझेर सहयोग गर्ने प्रतिवद्धता गरिन् । ‘विद्यालयका समस्या सुन्नको लागि म यस विद्यालयमा आउने योजना बनाएकै थिए । आज सो अवसर जुरेको छ । मैले आज यस विद्यालयका बारेमा धेरै कुरा बुझ्न पाए’ उनले भनीन् ‘ म प्रदेश सरकारबाट हुने कुरा सहयोग गर्नको लागि म विद्यालय संग फेरी पनि बसेर सहयोग गर्ने छु ।’

उनले विद्यालयलाई सहयोग गर्न के के गर्न सकिन्छ भनेर योजना बनाउने बताइन् । ‘प्रदेशको राजधानीमा रहेको यो विद्यालयलाई माथि उकास्न आवश्यक छ । अब प्रदेशबाट के के गर्न सकिन्छ भनेर मैले योजना बनाउँछु’ उनले भनीन् ‘यहाँ भवनको पनि आवश्यकता भएको मैले महशुस गरेर त्यसका लागि पनि पहल गर्ने छु ।’ उनले बालबालिकालाई सीपमुलक कार्यक्रम संग पनि जोड्न आवश्यक रहेको बताइन ।

सम्बन्धित समाचार : ‘वर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट सुप समावेशी विद्यालयलाई सहयोग

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.