बैतडीको रातामाटामा प्रथम नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिता हुने

बैतडी – बैतडीको रातामाटामा प्रथम नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा दशरथचन्द नगरपालिका – १० खडेनीमा पौष २७ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

maya metro hospital

प्रतियोगितामा नेपाल तथा सीमावर्ती भारतीय क्रिकेट टीमहरुको सहभागिता हुने क्लबका अध्यक्ष उत्तमबहादुर चन्दले बताए ।

joshi vada pasal 2

बुड्डाबाजे खेलमैदान रातामाटा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा दोश्रो हुने टीमलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताए । उनले सीमा क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्नका लागि नेपाल–इण्डो क्रिकेट प्रतियोगिताको आयोजना गरिन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.