तुइनबाट खसेर दार्चुलामा एक बालक बेपत्ता

दार्चुला – दार्चुलामा तुइनबाट खसेर दार्चुलामा एक बालक बेपत्ता भएका छन । व्यास गाउँपालिका – ४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बालक बेपत्ता भएका हुन् ।

maya metro hospital
raunak fals and silling

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर स्थानीय १० वर्षीय बालक दीपेन्द्र बिष्ट महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

joshi vada pasal 2

भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । बिहिबार घटना घटेको भएपनि व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्रै जानकारी बाहिरिएको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.