‘वर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट सुप समावेशी विद्यालयलाई सहयोग

अत्तरिया – काव्य विद्यालय काठमाण्डौंले कैलालीको गोदावरी नगरपालका – २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरेको छ । काव्य विद्यालय काठमाण्डौंले ‘वर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट सुप समावेशी विद्यालयलाई न्यानो लुगा र स्टेसनरी सामग्री सहयोग गरेको हो ।

maya metro hospital

काव्य विद्यालयका प्रधानाध्यापक नवराज बास्कोटाले आफ्नो विद्यालयका विद्यार्थीहरुको वर्थ डे को अवसरमा जम्मा गरेको फण्डबाट सहयोग गरिएको बताए । ‘आजभोलि वर्ड डे मा केक काट्ने, चकलेट बाड्ने प्रचलन छ । तर, हामीले अभिभावक विद्यार्थीहरुलाई विद्यालयमा चकलेट केक काट्न खर्च गर्ने पैसा ‘वर्थ डे स्कलरसिप फण्ड’ मा राख्न लगाउँन्छौ’ उनले भने ‘हाम्रो विद्यालयका विद्यार्थीले चकलेट केकमा खर्च गर्ने पैसाले अर्को एक विपन्न विद्यार्थीले पढ्न पाउन्छ भनेर कन्भेन्स गरेका छौ ।’

उनले आफ्नो विद्यालयका विद्यार्थी वर्थ डे मा खर्च गर्ने पैसा फण्डमा जम्मा गर्ने गरेको बताए । उनले उक्त फण्डबाट ७० हजार बरावरको न्यानो लुगा र १० हजार बरावरको स्टेसनरी सहयोग गरिएको बताए । उनले आफूहरुले बिभिन्न संघ सस्था र व्यक्तिहरुबाट पनि सहयोग लिएर सामाजिक काम गर्दै आइरहेको बताए ।

attariya hospital

उक्त सहयोग सामग्री शनिबार एक कार्यक्रमका बीच काव्य विद्यालय काठमाण्डौले सुप समावेशी विद्यालयकी प्रधान्याध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य खेमा देवी बिष्ट, गोदावरी नगरपालिकाकी उपमेयर सारदा रोकाया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार : सुप समावेशी विद्यालयका समस्या सामाधान गर्ने सासदद्धय बम र बिष्टको प्रतिवद्धता

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.