अत्तरियामा गोलि प्रहार गरी लुटपाट गर्ने अझै पक्राउ परेनन्

अत्तरिया – कैलालीको अत्तरियामा गोलि प्रहार गरी लुटपाट गर्ने अझै पक्राउ पर्न सकेका छैनन् । पौष ३ गते सशस्त्र बाहिनी अगाडी गोली प्रहार गरी लुटपाट गरेर फरार भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएपनि पक्राउ गर्न भने सकेको छैन् ।

maya metro hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरिक्षक रवीन्द्रराज पाण्डेले गोली प्रहार गर्नेको खोजी कार्य जारी रहेको बताए । उनले भने ‘अहिले सम्म त्यस्तो कुनै रिजल्ट आउन सकेको छैन् ।’

joshi vada pasal 2

लुटपाट गर्नेको खोजिको लागि सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी), जिल्लाको टिम र इलाका मालाखेतीको छुट्टै टोलिले खोजि गरिरहेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताए । उनले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टको नेतृत्वमा घटनाको अनुसन्धान गर्न ७ जनाको टोलि परिचालन गरिएको बताए ।

उनले हालसम्म घटनामा संग्लनताको आशंकामा कसैलाई पनि पक्राउ नगरिएको बताए । पौष ३ गते साँझ मोटरसाइकलमा आएका २ जनाले अत्तरियाका सुन व्यवसायी विकास सुनार माथी गोली प्रहार गरी लुटपाट गरेका थिए ।

raunak fals and silling

सम्बन्धित समाचार

असुरक्षित बन्दै अत्तरिया, बेकामे प्रविधि

सुरक्षा माग्दै व्यवसायी

अत्तरिया गोलिकाण्ड : व्यापारीहरुको संयमित आन्दोलन जारी, प्रहरीको अनुसन्धान शून्यमै

अत्तरिया गोलिकाण्ड घटना : प्रहरी जहाँको त्यही

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.