दार्चुला – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । व्याँस गाउँपालिका–५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा व्याँस गाउँपालिका २ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए ।


म १ त १११८ नम्बरको ट्याक्टरका साहु समेत रहेका बडाल आँफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको थियो ।
