राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सुदूरपश्चिमको दोस्रो अधिवेशन शुरु

अत्तरिया – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशन कैलालीको लालपुरमा शुरु भएको छ । अधिबेशनको शुक्रबार एक कार्यक्रमका बिच सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उदघाटन गरे ।

maya metro hospital

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी,उपमहासचिब शिव हमाल चर्चित कलाकारहरु पूर्णकला बिसी, लालबहादुर धामी,सुर्य बिरही साउँद, दिर्घ फुलारा लगाएतको सहभागिता रहेको छ ।

joshi vada pasal 2

अधिबेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । यसै बिच प्रतिष्ठानको आफ्नै भबनको पनि शुक्रबार नै उदघाटन गरिएको छ । गोदावरी –७ लालपुरमा नै संस्था को ३ कठ्ठा जमिन सहित को भवन निर्माण भएको हो ।

स्थानीय सामुदायिक वनले उक्त संस्थालाई जग्गा उपलब्ध गराएको हो । संस्था का ५२२ जना सुदुरपश्चिम मा सदस्य रहेका छन् भने ९ जिल्लामा नै जिल्ला शाखा रहेका छन् । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्था को रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान परिचित रहंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.