स्याउलेमा सप्ताह ज्ञान महायज्ञ लाग्ने

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका – ८ स्याउलेमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो । शुक्रबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा माघ १५ गतेदेखि २२ गतेसम्म सप्ताह ज्ञान महायज्ञ लाग्ने आयोजक विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

maya metro hospital
raunak fals and silling

मन्दिरको स्तरोन्ती, गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागि महायज्ञ लगाउन थालीएको महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । उनले पछील्लो समय दुध खाएर गाइलाई जंगलमा छोड्ने प्रवृती बढेका कारण सडकमा छाडा चौपायाको संख्या बढेकाले वडामा व्यवस्थीत गौशाला आवश्यक रहेकोले महायज्ञ आयोजना गर्न लागिएको बताए । उनले महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका विभीन्न समितिहरु निर्माण गरीएको बताए ।

joshi vada pasal 2

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे ।

उनले २०७२ सालमा स्थानीयकै सहयोगमा सातलाखको लगानीमा स्याउलेमा मन्दिर स्थापना गरिएको बताए । महमयज्ञमा करिब पाँच लाख खर्च लाग्ने अनुमान समितिले गरेको छ । महायज्ञ २२ गते सम्पन्न हुनेछ । यसैबीच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिको सचिवालयको स्थापना गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.