शुक्लाफाँटाका वडाध्यक्ष महराले दिए राजीनामा

अत्तरिया – कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका वडा अध्यक्ष बहादुर सिह महराले पदबाट राजीनामा दिएका छन । वडा नम्बर ८ का वडाध्यक्ष महराले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन ।

maya metro hospital
raunak fals and silling

उनले नगरपालिकाबाट निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेकाले आफूले राजीनामा दिएको बताएका छन । उनले यस्ता कामको आफू साक्षी बस्न नसकेर राजीनामा दिएको बताएका छन ।

joshi vada pasal 2

बैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन् ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.