बाजुरा – सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रुपौयाँ रकम सहयोग गर्ने भएको छ ।


पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो ।
४ गते साँझ त्रिवेणी– ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो ।
