अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष अर्जुन साउँदले विपन्न र असहायहरुलाई विभिन्न सामग्रीहरु बितरण गरेका छन । उनले वडामा रहेका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकहरुलाई विभिन्न किसिमका न्यायो कपडा तथा अन्य सामग्रीहरु वितरण गरेका हुन ।


शितलहर बढेसँगै वडाका विभिन्न व्यक्तिहरुलाई आवश्यकताअनुसार कम्बल, गद्दा, ब्लांकेट, खटिया, थर्मस लगायतका सामग्रीहरु वितरण गरिरहेको वडाध्यक्ष साउँदले बताए । उनले वडाका नियमित कार्यक्रमहरुका साथै वडाको प्रतिनिधि भएको नाताले आफुले व्यक्तिगत रुपमा वडाबासीहरुलाई उक्त सामग्रीहरु वितरण गरिरहेको बताए ।

उनले चिसोमा सबैभन्दा बढी प्रभावित भएका अति विपन्न परिवार, चिसोमा कठ्यांग्रिरहेका ज्येष्ठ नागरिक तथा असहायहरुलाई न्यायो पार्ने खालका केही सामग्रीहरु प्रदान गरेको बताए । उनले उक्त कार्य आफुले सकेजती निरन्तर रुपमा गर्दै जाने बताए । उनका अनुसार वडा कार्यालय ले पनि आफ्नो तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको बताए ।
