निर्मला हत्या प्रकरण : डीएनए परिक्षणका लागि २ जनाको रगत नमूना संकलन

धनगढी – नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तको हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए । त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएको थियो । डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ ।

maya metro hospital

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो ।

joshi vada pasal 2

रगतको नमुना लिएर काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए ।

पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.