कृष्णपुरमा राष्ट्रिय किसान परिचय पत्र वितरणका विषयमा छलफल

गुलरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रिय किसान परिचय पत्र वितरणका विषयमा छलफल गरिएका छ ।

maya metro hospital

राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा कृष्णपुर नगरपालिकाको समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा वर्गीरकणसहितको किसान परिचयपत्र वितरणको बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बिहिवार कृष्णपुर नगरपालिकाको सभाकक्षमा कृष्णपुर नगरपालिका कञ्चनपुरमा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापाको अध्यक्षता छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

attariya hospital

कार्यक्रममा कृष्णपुर नगरपालिकामा रहेका वास्तविक किसानहरुको सुचिकरण र वर्गिकरण सहितको किसान परिचय पत्र वितरण प्रक्रियामा सहजीकरण गर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा उपप्रमुख द्रौपति राना सहित वडाध्यक्ष, वडा सचिव, कृषि शाखा, पशु शाखा, सामाजिक शाखा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय कृषक समूह महासंघ नेपालका सहजकर्ता वेद लामिछानेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.