अत्तरिया – अत्याधिक चिसो बढेका कारण कैलालीको गौरीगङ्गा नगरपालिकाका शैक्षिक सस्था शुक्रबारदेखि ३ दिनसम्म बन्द गर्ने निर्णय गरिएको छ । बिहिबार प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले एक सूचना जारी गर्दै जाडो विदा दिएको जनाएका छन ।


चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिने निर्णय सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिका भित्रका शैक्षिक संस्थाहरू आइतबारसम्म बन्द हुने छन् । यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले पनि जाडो बिदा दिइसकेको छ ।
