राजश्व छलिको विषयमा एमाले गोदावरीले गरिरहेको आन्दोलन तत्कालका लागि स्थगित

अत्तरिया – राजश्व छलिको विषयमा नेकपा एमाले गोदावरी नगर कमिटीले सोमबार देखि गरिरहेको आन्दोलन स्थगित गरेको छ । गोदावरी नगरपालिकाले खुटिया नदीबाट नदीजन्य पदार्थ संकलन गर्दा राजस्व छलि गरेको भन्दै विरोध जनाउँदै आएका ऐमालले विरोध कार्यक्रमलाई अझ सशक्त तथा कडारुपमा अगाडी बढाउन तयारी गर्नुपर्ने भएकाले हाललाई उक्त विरोधको कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।

maya metro hospital

एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्टद्धारा जारी प्रेस विज्ञप्तीमा ३ दिनको आन्दोलमा सहयोग गर्नुे सबैलाई धन्यावाद दिदैं आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमा खुटियाबाट नदीजन्य पदार्थ वाफत उठाउन पर्ने राजस्व सम्बन्धमा कर्मचारी र न गरपालिकाको मिलेमतोमा सादा कागजमा नगरपालिकाको छाप लगाई राजस्व छलि गरी ठूलो भ्रष्ट्राचार गरीएको उल्लेख छ ।

attariya hospital

उक्त बिषयमा कारवाहीको माग गर्दै एमाले नगरकमिटीले ३ दिन देखि नगरपालिका घेराउ गर्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.