किन एकाएक व्याक भए कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेताका ५ आकाक्षी
धनगढी – नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनमा एका–एक निर्विरोधमा प्रक्रियाबाट टुङ्गिएको छ । दलको नेतामा आ–आफनै अडान कायम भएपछि बुधबार विहान सहमत नभएका आँकाक्षीहरु एका–एक मनोनयन प्रक्रियामा भाग नलिदा निर्विरोध प्रक्रियामा दलको नेता चयन भएका हुन् ।

बुधबार विहान १० बजेसम्म आँकाक्षीहरु सहमत नभएपनि मनोनयन दर्ता प्रक्रियामा भाग नलिनुलाई पार्टीभित्र केन्द्रको हष्तक्षेप भएको देखिन्छ । निर्वाचन तालिका अनुसार साढे २ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने थियो । तर, मनोनयन दर्तामा कमलबहादुर शाह बाहेक अन्य आँकाक्षीहरुले सहभागि भएनन् ।

संसदीय दलको नेताका लागि प्रदेशमा कञ्चनपुरका दिवानसिंह विष्ट, बहादुरसिंह थापा, कैलालीका प्रकाश देउवा, कमलबहादुर शाह, अछामका मेघराज खडका र बैतडीका शिवराज भट्ट आँकाक्षी थिए । यसमध्ये संस्थापन इतरामा विष्ट, थापा र शाह हुन् भने संस्थापनका देउवा, खडका र भट्ट हुन ।
एक प्रदेश सभा सदस्यले भने –‘केन्द्रको हष्तक्षेप नभई निर्वाचन भएमा प्रकाश देउवाले निर्वाचित हुने देखिएको थियो ।’ संसदीय दलका आँकाक्षी प्रकाश देउवानै शाहको समर्थक र प्रस्तावक बहादुर सिंह थापा रहनुले पनि केन्द्रको हष्तक्षेप दलको नेता चयनमा बढेको देखिन्छ ।
‘शाहले पार्टीको कैलाली जिल्लाको १४ औं महाधिवेशनमा संस्थापन पक्षका सभापति पदका उम्मेदवारलाई सहयोग गरेका थिए । त्यो योग्दानको प्रभाव पनि यसमा देखिएको छ’ ती सांसद भन्छन् ।

नेपाली काँग्रेस कैलालीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा इतर पक्षबाट उम्मेदवार थिए रामबहादुर कलेल । उनलाई पहिलो चरणको निर्वाचनमा कमलबहादुर शाहको साथ र समर्थन थियो तर, मतान्तरमा उनी तेस्रो बनेका थिए । सभापति पदमा निर्णायक बनेका शाहले संस्थापन पक्षका उम्मेदवार नारायण भट्टलाई सहयोग गर्दै विजयी गराए ।
कुल दुई हजार पाँच सय ८६ जना मतदाता रहेको जिल्लामा दुई हजार पाँच सय ७६ मत खसेको थियो । सो मतपरिणाम अनुसार सभापतिमा संस्थापन पक्षका मानिएका प्रकाश बमले एक हजार एक सय ६९ मत प्राप्त गरे भने पार्टीको आधिकारिक सभापति घोषणा गरिएका नारायण भट्टले एक हजार ७२ मत प्राप्त गरेका थिए । उता संस्थापनइतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये ४८ मत बदर भएको छ ।
पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका थिए ।
सोही योग्दानका आधारमा सत्ता गठबन्धन दलले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट शाहलाई उम्मेदवार बनाएको थियो । उनी विजयी भएसंगै अहिले दलले संसदीय दलको नेता बनाई न्याय गरेको प्रदेश सभा सदस्यहरुको बुझाई रहेको छ ।
दलको नेतामा चयन भएपछि उनले भने –‘पार्टीले मलाई दलको नेता बनाई न्याय गरेको छ । सत्तापक्ष वा प्रतिपक्ष नभई प्रदेशको समग्र हितका लागि मेरो भुमिका रहने छ ।’
शाह नेपाल तरुण दलका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्य हुन ।
