चिसो बढेपछि शुक्लाफाँटाका विद्यालय बन्द

कञ्चनपुर – कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ ।

maya metro hospital
raunak fals and silling

एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएपछि नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

joshi vada pasal 2

उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ । यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.