अत्तरिया – होटेल व्यवसायी महासंघ नेपालको केन्द्रिय महिला उपाध्यक्षमा अत्तरियाकी होटेल व्यवसायी धनादेवी चोखाल निर्विरोध चयन भएकी छन् । चोखाल गोदावरी होटेल ब्यबसायी संघकी अध्यक्ष पनि हुन । उनले अत्तरियामा सत्कार होटेल संचालन गरकी छिन ।


चितवनमा सम्पन्न १० औं बार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चोखाल केन्द्रिय उपाध्यक्षमा चयन भएकी हुन ।

अधिवेशन मार्फत केन्द्रिय अध्यक्षमा दिनेश कुमार चुके, बरिस्ठ उपाध्यक्षमा शेर बहादुर थापा ( बाँके ) र महासचिवमा तुल्सीराम भन्डारी चयन भएका छन् ।
