धनगढी – सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । अन्य दाबेदारले समर्थन जनाएपछि शाह सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । उनी कैलाली २ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


संसदीय दलको नेताका लागि बैतडीका शिवराज भट्ट, कञ्चनपुरका बहादुरसिंह थापा र दिवानसिंह विष्ट‚ अछामका मेघराज खड्का र मानबहादुर रावल तथा कैलालीका प्रकाशबहादुर देउवाले पनि दाबी गरेका थिए ।

निर्वाचन प्रक्रिया शुरू गरेसँगै अन्य उम्मेदवारले शाहलाई समर्थन जनाएका हुन् । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९ सांसद छन् ।
