अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले तालिमबाट सिकेको सिपलाई व्यवहारीक रुपमा लागु गर्न सहभागीहरुलाई आग्रह गरेका छन । बुधबार नगरपालिकाको वडा नं. ११ मा आयोजित उद्यमशिलता विकास तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले तालिममार्फत सिकेको सिपले नै मानिसको जिवनस्तर उकास्न मद्दत गर्ने बताए ।


उनले नगरपालिकाका वडा नं. ११ र १२ वास्तवमै भौगोलिक रुपमा विकट भएकाले यहाँका स्थानिय बासिन्दाहरुको जनजिविका सुधार गर्न उक्त तालिम राखिएको बताए । ‘बास्तवमै यस क्षेत्रको भौगोलिकतालाई हेरेर, यहाँका नागरिकको अस्तव्यस्त जनजिवन देखेर नगरपालिकामा छलफल गरी वडामा तालिमको आयोजना गरिएको हो’ उनले भने ‘यहाँका नागरिकलाई सिप मुलक तालिम प्रदान गर्न सके आत्मनिर्भर बन्न सक्छन भन्ने योजना नगरपालिकाको रहेको छ ।’
उनले सिकेको सिप जुनसुकै बेला पनि काम लाग्न सक्ने भएकाले सिप सिक्न जरुरी रहेको बताए । उक्त तालिमबाट उत्कृष्ट हुने ३÷३ जनालाई नगरपालिकाले पुरस्कृत गर्ने समेत उनले बताए । उनले वडाबासीहरुले सिकेको सिपलाई व्यवसायीक रुपमा अगाडी बढाई आर्थिकस्तरमा सुधार ल्याउने विस्वास व्यक्त गरे ।
वडा नं. ११ र १२ का वडाबासीहरुलाई ध्यानमा राखि गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत नगरपालिकाले उक्त तालिमको आयोजना गरेको थियो । उक्त तालिम एक हप्तासम्म सञ्चालन हुने बताईएको छ ।