महाकालीको हरिहर घाटमा मकर मेला

दोधारा चाँदनी – कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने भएको छ । यहाँको धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चारलेन पुलसँगै रहेको हरिहर घाटमा उत्तरायणी मकर मेला आयोजना हुन लागेको हो ।

maya metro hospital

पौष पूर्णिमादेखि धर्मध्वज पूजनसहित मेला महास्नान प्रारम्भ हुने मेला मूल समितिका संयोजक देवी भारतीले जानकारी दिए । ‘महाकाली नदीको हरिहर घाटलाई तीर्थस्थलका रुपमा विकास गर्न मेला गर्न लागेको हो’ उनले भने ‘यसले यहाँको धार्मिक, सांस्कृतिक पहिचान हुनेछ ।’ उनका अनुसार मेला एक महिनासम्म चल्नेछ । उनले महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपिपवर्तमा वैकुण्ठ लोकमा मन्दाकिनी गङ्गाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताए । ‘हरिहर स्नान घाटमा ४० हजार तीर्थस्थल भएकाले यहाँ आएर महास्नान गर्नु उत्तम छ’ उनले भने ‘यहाँ सिद्धनाथ बैजनाथको भूमि भएकाले पनि यो ठाउँ तीर्थस्थलका लागि प्रसिद्ध छ ।’

joshi vada pasal 2
raunak fals and silling

त्यसैगरी आचार्य घनश्याम लेखकले देव मानसि गङ्गाका दुई धारमध्ये एक धार महाकाली नदी र अर्को धार कर्णालीको उत्पत्ति कैलाशमान सरोवर भएकाले स्कन्दपुराणमा महाकाली नदीको पौराणिक महत्व रहेको बताए । ‘मानखण्ड पुराणमा महाकाली नदीको पौराणिक महत्व रहेकाले यहाँ स्नान गर्नु उत्तम छ’ उनले भने ‘यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न मेला महत्वपूर्ण छ ।’

अहिले महाकाली नदीमा चार लनेको पुल बनेसँगै यहाँ पर्यटकहरु आउनेक्रम बढेको छ । यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके यहाँको पर्यटन व्यवसाय फस्टाउने स्थानीय कविराज भट्ट बताउँछन । ‘धार्मिक हिसाबले सुदूरपश्चिम प्रदेशको महत्व धेरै छ यसले गर्दा यहाँको धार्मिक पर्यटन विकासमा जोड दिनु आवश्यक छ’ उनले भने ‘हरिहरघाटलाई तीर्थस्थलका रुपमा विकास गर्न जरुरी छ ।’ यही पुस २२ देखि सुरु हुने मेला फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.