एमाले गोदावरीद्धारा आज पनि नगरपालिका घेराउ

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटीले मंगलबार पनि गोदावरी नगरपालिका कार्यालय घेराउ गरेको छ । नदीजन्य पदार्थको रोयल्टी उठाउन सेतो चिट प्रयोग गरीएको बिषयमा बिरोध जनाउँदै आन्दोलित बनेको एमालेले दोस्रो दिन पनि नगरपालिका घेराउ गरेको हो ।

maya metro hospital

आइतबार नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी उठाउन सेतो चिट प्रयोग गरीएको बिषय बाहिरीएपछि सोमबार पनि एमाले नगर कमिटीले नगरपालिका घेराउ गरेको थियो ।

joshi vada pasal 2

नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले रोयल्टी उठाउन सेतो चिट प्रयोग गरिएको बिषयमा छानविन नगरिए सम्म आन्दोलन जारी रहने बताएका छन । उनले नगरप्रमुखकै निर्देशनमा योजनावद्ध तरिकाले रोयल्टी संकलनमा सेतो चिट प्रयोग भइरहेको बताए ।

उनले भने ‘निर्वाचनमा भएको खर्च उठाउन नगरप्रमुखको यसमा योजनावद्ध सहभागिता छ । यसबाट कार्यकर्ता पाल्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.