आलले आज शपथ ग्रहण गर्दै

प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन् । उनीहरुको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

maya metro hospital
raunak fals and silling

यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।

joshi vada pasal 2

सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।
पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.