डडेल्धुरा – डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ । ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।


नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख राम दिनेश यादवका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

‘हिजो रातिदेखि नै डडेल्धुरासहित पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध छ’, उनले भने, ‘मर्मतका लागि म पनि अहिले फिल्डमा पुगेको छु । अझै कम्तिमा पनि चार घण्टा मर्मतका लागि लाग्ने देखिएको छ ।’
