भ्रष्टाचार छानविनको माग गर्दै गोदावरी नगरपालिका कार्यालय घेराउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदी जन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिका कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले गोदावरी नगर कमिटीले नदीजन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै कारवाहीको माग गर्दै नगरपालिका घेराउ गरेको हो ।

maya metro hospital

नगरकमिटी अध्यक्ष गोकण भट्टको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै विरोध जनाएको थियो ।
विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘खुटिया काण्ड बन्द गर’, ‘भ्राष्टाचार छानबिन गर’, ’अनियमितता बन्द गर’, ’राजस्व चुहावट गर्न पाइदैन’ लगाएतका नारा लगाएका थिए ।

joshi vada pasal 2

नगर कमिटी अध्यक्ष भट्टले जनतालाई झुक्याएर जनतालाई छक्याएर दारु मासु खुवाएर चुनाव जितेकाहरुको काला कर्तुतहरुको भण्डाफोर गर्न गर्न आफूहरुले नगरपालिका कार्यालय घेराउ गरेको बताए ।

raunak fals and silling

‘हिजो हामीले यिनीहरुले जनतालाई धोका दिन्छन भनेका थियौ । आज व्यवहारबाट प्रमाणित भएको छ । खुटियामा करोडौको भष्टाचार गरेका छन । क्रेसरहरु संग मिलेर साधा कागजमा छाप लगाएर’ उनले भने ‘जबसम्म भ्रष्टाचारी अनियमितता गर्नेमाथि अख्तियारका कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’

उनले सोमबार विरोध मात्रै जनाएको र, सम्बन्धित निकायको ध्यान नगए थप सशक्त आन्दोलन गर्ने बताए । उनले आफूहरुले अख्तियारमा पनि उजुरी हालिसकेको बताए ।

उनले भने ‘जबसम्म यहाँको नगरप्रमुख माथि कारवाही हुँदैन । यहाँको प्रशासकीय अधिकृत माथि कारवाही हुँदैन् । यो प्रशासन माथि कारवाही हुँदैन । हामी यो सडक छोड्नेबाला छैनौ ।’

गोदावरी नगरपालिकाले पुष ५ गते देखि आफै नदिजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहको छ । सो क्रममा नगरपालिकाले नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सेतो चिट दिएको विषयका कारण उक्त प्रकृया विवादीत बनेको छ । आईबार राती देखि स्थानियले रसिद दिन छाडेर नगरपालिकाले सेतो चिट दिएर भ्रष्ट्राचार गर्न खोजेको भन्दै आरोप लगाएका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.