अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदिजन्य पदार्थको विक्रिवितरणमा लगाईएको आरोप निराधार भएको बताएको छ । नगरपालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती रुपमा सेतो पर्चा राखेर नगरपालिकालाई लगाईएको आरोप निराधार भएको जनाएको हो ।

‘सेतो कागज कुनै नगद पैसा दिएर लिएको होइन् । यो भनेको रोयल्टि पोष्ट देखि सम्बन्धित क्रेसर सम्मका लागि हो’ नदिजन्य पदार्थको अनुगमन समितिका संयोजक देव राज भट्टले भने ‘हामीलाई लगाईएको आरोप निराधार छ । हामीले अनुगमन समिति बनाएका छौ । उक्त समितिले चेक गर्ने हुँदा त्यो सेतो चिट पास जस्तै हो ।’ उनले बाटो पासका लागी सेतो कागज दिईएको बताउदै त्यसबाट नगद संकलन नगरेको बताए ।

‘अहिले जुन वेस्टर्न क्रेसर र श्रीपुर क्रेसरलाई इस्यु बनाइएको छ । उधारो दियो, पोस्यो भनेर त्यो निराधार हो’ उनले भने ‘वहाहरुको ठूलो काम हुन्छ । एकजनाको ढाई सय टेक्टर छ । उनीहरु संग सम्झौता अनुसार नै हामीले महिनाको अन्तिममा हिसाब गर्ने गरी चिट दिईरहेका छौ ।’ उनले क्रेसर कम्पनिहरुले गाडीलाई दिएको चिटको आधारमा नगरपालिकाबाट पनि सोही बमोजिमको बाटो पासको चिट गएको र त्यसलाई अन्यथा बनाइएको बताए । ‘वहाँहरुले हामीलाई आधिकारीक सिक्नेचर सहितको रसिद पठाउनु हुन्छ । हामीले त्यही रसिदको आधारमा बाटोको लागि चिट दिएर पठाउँछौ’ उनले भने ‘सम्झौता अनुसार महिनामा हामीले अन्तिममा नगद रसिद दिन्छौ वहाहरुले नगद पैसा दिनुहुन्छ ।’


उनले उक्त सेतो कागज नाकामा गाडी आएर सहि तरिकाले प्रक्रिया पु¥याएर गयो भन्नको लागि मात्रै दिइएको बताए । ‘यो चिट आर्थिक कारोबारका लागि होइन् । हामीले यो काम नगरमै बसेर विगतमा गरेको अभ्यासलाई पनि हेरेर यो तरिका अपनाएका हौ’ उनले भने ‘यसअघि नगरपालिकाले आफै राजश्व संकलन गर्दा पनि उधारोमा दिएको पाइयो । वहाँहरुले सेतो पानामा धर्का तारेर हिसाव गरेर गर्नुभएको रहेछ । त्यसरी आधिकारीक नहुँने भएकाले हामीले दुवैपक्षलाई ओसी हुने गरी सेतो चिट बनाएका हौ ।’
उनले विगतका दिनमा नगरपालिकाले राजश्व उठाउदा करिब ३ करोडको हाराहारीमा मात्रै उठाएको र आफुहरुले कम्तिमा पनि ४ करोड भन्दा बढी राजश्व उठाउने लक्ष्य लिएको बताए । पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार १२ दिनको अवधीमा नगरपालिकाले ३१ लाख ७५ हजार २१० रुपैया राजश्व संकलन गरेको छ ।
नगरपालिकाले नदिजन्य पदार्थ विक्रि वितरणमा रसिदका रुपमा सेतो चिट दिएको भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको चर्को विरोध गरिएको थियो । उक्त विरोधपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
