सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दै

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो ।

maya metro hospital
raunak fals and silling

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता ग्रहण गर्ने र बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेश सभाको बैठक आह्वान गरेको पत्र सुनाउने कार्य हुने बताए । बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने पनि बताइएको छ ।

joshi vada pasal 2

आइतबार बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुखको निर्वाचन हुने निर्णय गरेको छ । पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.