अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ जमुनागरमा चोरी भएको छ । गयराती पुर्व पश्चिम राजमार्ग छेउमा रहेको पुर्णीमा मेडिकलमा च्यानल गेटको ताला टुटाएर चोरी भएको हो ।

मेडिकलका संचालक प्रेम बमले चोरले पसलको गल्लाबाट नगद ७० हजार र कागजात लगेको बताए ।


उनले चोरले २ वटा नगरिकता, पासपोट, महालक्ष्मी बैंक चेकबुक, एटियम कार्ड लगेको बताए । उनले चोरी भएको राती २ बजे थाहा पाएर प्रहरीलाई खबर गरेको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीले राती चोरी भएको खवर पाउने वितिकै प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ । डिएसपी रविन्द्र राज उप्रेतीले चोरको खोजी भइरहेको बताएका छन ।
