रानी जमरा कुलरीया सिँचाई आयोजनाको लम्की नहरमा पानी परीक्षण

टीकापुर – राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको लम्की विस्तार नहरमा पानी परीक्षण गरिएको छ । नहर निर्माण कार्य सम्पन्न भएपछि पानी परीक्षण गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए ।

maya metro hospital

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो । यो सँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो ।

joshi vada pasal 2

मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरीया नदीसम्म १४ दशमलव ६५ किलोमिटर नहर निर्माण भएको छ । जसमध्ये ६ किलोमिटर नहरको संरचना पक्की रहेको छ । नहर निर्माण भएपछि लम्कीचुहा नगरपालिकाको तीनवटा वडाको ६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको सुचना अधिकारी लासिबाले बताए ।

२०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी कालिका÷कुमार जेभीले नहर निर्माणको काम थालेको थियो । २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि विविध कारणले नहर निर्माणको काममा ढिलाई भएको निर्माण पक्षले जनाएको छ । नहर निर्माणको काम छ पटक म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.