कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ । बेलडाँडी गाउँपालिकाले बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो ।


भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि जग्गा नापजाँच सुरु गरेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।

वडा नम्बर ५ झिलमिलाबाट नापजाँच सुरु गरिएको हो । यसअघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने रानाले बताए ।
