सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम बनाउने संयन्त्रको संयोजक ओली

सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।

maya metro hospital

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एक÷एक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ ।

joshi vada pasal 2

ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएको बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको थियो ।

‘मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधार विस्तार गर्ने भन्ने छलफल भयो,’ लामिछानेले भने, ‘न्यूनमत साझा कार्यक्रमले धेरै कुरा तय गर्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.