कैलालीमा ट्याक्टरको टायरमुनी च्यापिएर चालकको मृत्यु By अत्तरिया अनलाइन On पुष १४, २०७९ ११:१६ file photo अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका ५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ट्याक्टरको ट्रली निकाल्ने क्रममा च्यापिएर गौरीगंगा नगरपालिका ४ का २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।