दार्चुलाबाट लागूऔषध चरेस सहित एक वृद्धा पक्राउ

दार्चुला – दार्चुलाबाट लागूऔषध चरेससहित एक वृद्धा पक्राउ परेका छन । प्रहरीले सदरमुकामस्थित बंगाबगरको किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेससहित ७३ वर्षीय वीरसिंह लोथ्याललाई पक्राउ गरेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ बंगाबगरस्थित महादेव किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेससहित किराना पसलका सञ्चालक ७३ वर्षीय वीरसिंह लोथ्याल पक्राउ परेका छन् ।

joshi vada pasal 2
raunak fals and silling

चरेससहित पक्राउ परेका वृद्धलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । लोथ्याल दुहु गाउँपालिका–४ घर भइ बंगाबगरमा पसल संचालन गर्दै आएका थिए ।

लोथ्यालले लागूऔषध चरेस बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा पसलबाट ३ किलो ८ सय ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको दार्चुलाका प्रहरी डीएसपी तर्कराज पाण्डेले जानकारी दिए ।

उनले पसलका गल्लामा थोरै मात्रामा चरेस फेला परेको थियो । किराना पसल संञ्चालक लोथ्याललाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.