धनगढी – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का १० जना सदस्यले बैठक बहिस्कार गरेका छन् । मंगलबार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले बोलाएको १४औँ बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बस्न नसकेको हो ।

प्रदेश स्वास्थ्य तालिम केन्द्रको हलमा सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको अध्यक्षतामा बैठक बोलाइएको भए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि बस्न सकेन ।


परिषद्का ११ जना सदस्य मध्ये चित्रराज भट्ट, बहादुरसिंह वड, दुर्गा भण्डारी, सन्तोश बिक, झलक शाह, सञ्जिता चौधरी, प्रकाश बिक, अनिल श्रेष्ठ, चेतना बोहरा, जिवन भट्टले बैठक बहिस्कार गरेका हुन् ।
परिषद्मा हरेक निर्णय कार्यान्वयन गर्दा समन्वय नगरेर आफूखुसी गर्ने, आर्थिक पारदर्शीता कायम नगरेको, परिषद्का विभिन्न कार्यक्रमबारे जानकारी नदिने लगायतका कारणले बैठक बहिस्कार गरिएको परिषद्का सदस्य चित्रराज भट्टले बताए ।
