गोदावरी – ६ मा पनि नापीको काम सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ मा पनि नापीको काम सुरु भएको छ । बुधबार वडा नम्बर ६ को लालपुरबाट नापीको काम सुरु भएको हो । नापीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शुभारम्भ गरेका छन् ।

maya metro hospital

वडामा नापीका लागि सर्वेक्षक सहित ४ जनाको टोली परिचालन गरिएको वडा अध्यक्ष जग्गु राम चौधरीले बताए । उनले नापीको काम सकिन कति समय लाग्ने बारेमा अहिले नै भन्न नसकिने बताए ।

joshi vada pasal 2
raunak fals and silling

यसैबीच वडा अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले जग्गा नापीका क्रममा टोल सहजिकरण समिति गठन गर्ने, जिम्मेवारी तोक्ने र ऐलानी जग्गा नापजाँच कार्यतालिका बनाएको छ ।

जनप्रतिनिधि सहित वसेको सर्वदलिय बैठककले नापजाँचमा सहजिकरण गर्न टोल समिति गठन गर्ने र त्यसका लागि वडा सदस्यहरुलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले वडामा नापी गर्नको लागि कार्यतालिका बनाएको छ । जसअनुसार लालपुर चोक देखि उत्तर गौडी सम्म र गौडी देखि गोरे साउँदको पसल सम्म, गोरे साउँदको पसल देखि राजमार्ग सम्म पहिलो चरणमा नापजाँच गर्ने निर्णय गरेको छ ।

त्यस्तै राजमार्ग देखि दक्षिण राम जानकी टोल हुँदै, भागेश्वर आवि सम्म, वहेडा, भदवार टोल हुँदै वडा कार्यालय सम्म दोस्रो चरणमा नापजाँच गर्ने निर्णय गरेको छ । गोदावरीको वडा नम्बर १, २, ३ र ४ मा यसअघि नै नापीको काम सुरु भएसकेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.