कैलालीबाट नक्कली नोट, बाघको हड्डी र जडिबुटी सहित ५ जना पक्राउ

अत्तरया – कैलालीको धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडिबुटी सहित ५ जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका – १३ राजपुर स्थीत एसएस होटल बसेका ३ जना र अन्य २ जनाको साथबाट प्रहरीले १ लाख ४२ हजार नक्कली नोट, ५ किलो ५३० ग्राम बाघको जस्तो देखिने अस्थीपंजर हड्डीहरु, बैंक तथा आईएमई भौचर तथा चेकहरु, जडिबुढी वनस्पतीका बोक्राहरु र फलामका टुक्राहरु बरामद गरेको छ ।

maya metro hospital

पक्राउ पर्नेमा उक्त होटलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका – ६ बस्ने ३३ बर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका – १० बस्ने ३० बर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका – १ बस्ने ५० बर्षीय मोहन सिंह बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

उक्त घटनाको अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिई बस्ने डोटीको शिखर नगरपालिका – १० बस्ने १९ बर्षीय टेकेन्द्र धामी पक्राउ परेका छन ।

raunak fals and silling

प्रहरीले यसअघि पुष ९ गते धनगढी उप–महानगरपालिका – ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार गरिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका – ६ बस्ने ५५ बर्षीय लाल बहादुर साउँदलाई पक्राउ गरेको थियो ।

साउँदमाथी खानतलासी गर्ने क्रममा प्रहरीले हजार दरका थान ४ नक्कली नोट फेला पारेको थियो । सो घटना पछि प्रहरीले उनीसंग जोडिएकाहरुको खोजी गर्ने क्रममा थप ४ जना पक्राउ गरेको हो ।

प्रहरीले नक्कली ४ नोट साउँदको साथबाट पक्राउ गरेको र धामी बस्ने कोठाको पलङ खटियाको सिरानि मुनी लुकाई राखेको अवस्थामा हजार दरका १३८ नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन । बाघको हड्डी र जडिबुटी लगायतका सामग्री पनि प्रहरीले धामीकै कोठाबाट फेला पारेको उनले बताएका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.