सुप समावेशीको दुई कोठे पक्कि भवनको शिलान्यास

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयको दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । आईतबार नगरप्रमुख विरेन्द्र भट्टले भवनको शिलान्यास गरेका हुन ।

maya metro hospital
raunak fals and silling

अपांगता भएका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयमा निर्माण भैरहेको नयाँ भवनले विद्यार्थीको पठनपाठनमा सहजता प्रदान गर्ने नगरप्रमुख भट्टले बताए । उनले अपांगता भएका बालबालिकाहरुलाई आवाससहितको सुविधा प्रदान गर्दै आईरहेकाले विद्यालयलाई भवनको अभाव भएपछि आफुले भवन निर्माणका लागी पहल गरेको बताए ।

joshi vada pasal 2

उनले प्रदेशकै एकमात्र अपांगतामैत्री तथा समावेशी विद्यालय भएकाले उक्त विद्यालयलाई सुदूरपश्चिमकै नमुना विद्यालयका रुपमा विकास गर्न सबैले सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले आफु निर्वाचित भएलगत्तै विद्यालयको अनुगमनमा आएको र यहाँको मुख्य समस्या नै भवन देखेपछि प्रदेश सरकारसँग समन्वय गरि भवन निर्माण सुरु गरेको बताए । उनले निर्माण भैरहेको विद्यालय अपांगमैत्री हुनुपर्ने भन्दै विद्यार्थीहरुको भावनालाई बुझेर भवन निर्माण गर्न आग्रह गरे । उनले नगरपालिकाबाट विद्यालयलाई आवश्यक सहयोग गर्न आफु हरदम तयार रहेको बताए ।

नगरप्रमुख भट्टको पहलमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भवन निर्माण भैरहेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । उनले दुई कोठे भवन निर्माण भए विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बताए । ‘अहिले विद्यार्थीहरु एउटै कक्षाकोठामा अध्यापन गरेर सोही कोठामा सुत्ने गर्दछन’ उनले भने ‘भवन निर्माण भए अलग्गै कोठमा पढ्न पाउनेछन, विद्यार्थीहरुलाई सहज हुनेछ ।’ उनका अनुसार भवन निर्माणका लागी मन्त्रालयबाट १९ लाख रकम छुट्याईएको छ । उक्त भवन उपभोक्ता समिति मार्फत निर्मण भैरहेको पनि उनले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.