नागरिक उन्मुक्तिको सुदूरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चयन

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको छ । काठमाडौंमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले रामेश्वरलाई संसदीय दलको नेतामा छनोट गरेको हो ।

maya metro hospital

यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

joshi vada pasal 2
raunak fals and silling

बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभामा संसदीय दलको नेताको रुपमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ ।

टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा ४ सिट जितेको छ । पार्टीकै समर्थनमा बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र चुनाव जितेका रेशमका बुवा लालवीर चौधरी हालै जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

प्रदेशतर्फ जनमुक्ति पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । यससँगै जनमुक्ति पार्टीले प्रतिनिधिसभामा ४, सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.