युएनडीपीको २० लाखको लगानीमा सजाइँयो प्रदेशसभा

धनगढी – नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्यको सपथ ग्रहणको लागि दाताको सहयोग लिइएको छ । प्रदेशसभाको सजावटका लागि युएनडीपीको २० लाखको लगानी गरिएको हो । पहिलो प्रदेशसभाले गोदावरीमा राजधानी निर्माण गर्ने घोषणा गरेपनि उक्त निर्णय कार्यान्वय नहुँदा हाल धनगढीमै प्रदेशसभामा सजावट गरी सपथ ग्रहण गरिन लागिएको हो ।

maya metro hospital
raunak fals and silling

५ वर्ष अघिदेखि धनगढीस्थित जिल्ला समन्वय समिति कैलालीको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेको छ । त्यसैले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेश सांसदहरूले पनि अब यसै भवनमा शपथ लिने जनाइएको छ । आगामी संसद्का प्रदेशसभा बैठकहरू पनि यहीँबाट सञ्चालन हुने छन् ।

joshi vada pasal 2

प्रदेशसभा सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई सजावट तथा व्यवस्थित पार्ने काम लगभग सकिएको छ ।

प्रदेश सभामा भवनमा अहिले अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ माइकहरु राखिएका छन् । नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरुको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.