डोटीका कुमारसिंहको १५ बर्ष देखि समानुपातिक सांसद बन्ने सपना अधुरै

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउँदासम्म पनि कुमारसिंह टेलर आफू सांसद हुनेमा ढुक्कै थिए ।

maya metro hospital

नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका उनलाई जव सामाजिक सञ्जालमा अंकगणित आउन थाल्यो, तब डर लाग्न थाल्यो । उनी अन्तिम प्रयासमा लागे । काठमाडौं पुगे, नेताहरुसंग छलफल गरे । तर केही सीप चलेन । ०६४ सालदेखि लगातार समानुपातिक उम्मेदवार बन्दै आएका टेलरलाई यसपालि पनि सांसद पद जुरेन ।

joshi vada pasal 2

समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा डोटीबाट ६ जनाको नाम समावेश थियो । उनीहरुमध्ये एकजनाले मात्र सांसद हने अवसर पाए । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक सूचीमा डोटी पूर्वीचौकी गाउँपालिकाकी निर्मला साउदको नाम अटायो । ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित साउद यस पटक पनि सोही पदमा दोहोरिन चाहन्थिन् । उनले अन्तिमसम्म उपाध्यक्षकै टिकटका लागि दौडधुप गरिन्, तर पाइनन् ।

प्रदेशसभा निर्वाचनमा उनले समानुपातिक सांसद दाबी गरिन्, उनको नाम बन्द सूचीमा प¥यो पनि । अन्ततः उनी सांसद बन्न सफल भएकी छन् । एमालेले सदूरपश्चिम प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमा जम्मा तीन सिट जितेको थियो । समानुपातिकमा ८ जना पाएको एमालेले चार महिला पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.