कैलालीमा जलेर खरानी भएका २७ घरको निर्माण सुरु

धनगढी – अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको छ । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको हो ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ । बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको हो ।

joshi vada pasal 2
raunak fals and silling

शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन् ।

२०७९ वैशाख गते सो मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । बस्तीका २७ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तर्गत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो ।

जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रूपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.